रनवीरले तोडे आफ्नै रेकर्ड, ‘ब्रम्हास्त्र’ले विकेन्डमा कमायो १२५ करोड

२७ भदौ २०७९ १५:५४

नायक रनवीर कपुरले आफूले नै बनाएको रेकर्ड तोडेका छन् । चलचित्र ‘ब्रम्हास्त्र’ले भारतीय बक्स अफिसमा ३ दिनमा १२५ करोडको व्यापार गरेको छ । योसँगै रनवीरकै अघिल्लो चलचित्र ‘सञ्जु’ले ३ दिने विकेन्डमा बनाएको १२० करोडको रेकर्ड तोडिएको हो ।

यो चलचित्रले भारतीय बक्स अफिसमा पहिलो दिन ३७ करोड, दोश्रो दिन ४२ र तेश्रो दिन ४५ करोडको व्यापार गरेको छ । अयान मुखर्जीको निर्देशनमा बनेको यो चलचित्रलाई मिश्रित प्रतिक्रिया मिलिरहेको छ । तर, बक्स अफिसमा भने दर्शकको भीड लागेको देखिन्छ ।

चलचित्रले विश्व बजारबाट पहिलो दिन ७५, दोश्रो दिन ८५ र तेश्रो दिन ६५ करोडको व्यापार गर्दै ३ दिनमै २२५ करोडको ग्रस कलेक्शन गरेको छ । रनवीर कपुर, आलिया भट्ट, अमिताभ बच्चन र मौनी रोय चलचित्रका मुख्य कलाकार हुन् । चलचित्रमा साहरुख खान र नागार्जुनको केमियो भूमिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *