थलपति विजयको साथमा तमिल फिल्ममा देखिदै संजय दत्त

२७ भदौ २०७९ १५:४९

दक्षिण भारतीय चलचित्रका निर्देशक लोकेश कनगराज नयाँ चलचित्र बनाउने तयारीमा छन् । उनले निर्देशन गर्न लागेको नयाँ चलचित्रमा सुपरस्टार थलपति विजयले काम गर्ने पक्का भैसकेको छ । यसैविच, यो चलचित्रमा बलिउडका सर्वाधिक सफल नायक संजय दत्तलाई समेत फाइनल गरिएको छ । तर, यो चलचित्रको नाम भने सार्वजनिक गरिएको छैन ।

यो चलचित्रमा संजय ग्याङस्टारको भूमिकामा देखिदैछन् । निर्देशक लोकेशराजले यो चलचित्रलाई ग्याङस्टारको कथामा एक्सन थ्रिलर शैलीमा निर्देशन गर्दैछन् । यो चलचित्रका लागि उनले १० करोड रुपैयाँ पारिश्रमिक समेत वुझेको मिडियाको दाबी छ । दर्शकका लागि यो फिल्म विशेष हुनेछ । किनकी, यो फिल्ममा २ फिल्म नगरीका चर्चित सुपरस्टारहरु देखिदैछन् ।

लोकेशनले निर्देशन गरेको फिल्म ‘विक्रम’ले हिन्दी भाषामा समेत राम्रो व्यापार गरेको थियो । यसैले, उनी विजयलाई लिएर पान इन्डिया चलचित्र बनाउने तयारीमा लागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *