एन्जेलिना जोलीको कपी गरेको भन्दै स्वस्तिमाको ट्रोल

२७ भदौ २०७९ १४:२३

सामाजिक संजालमा पोष्ट गरेको एउटा तस्वीरले नायिका स्वस्तिमा खड्का ट्रोलर्सको निशानामा परेकी छिन् । उनले, सामाजिक संजालमा एउटा तस्वीर पोष्ट गरिन्, जहाँ उनी दुबै हातमा पेस्तोल लिएर उभिएकी छिन् ।

तर, उनको यो फोटोलाई चोरीको आरोप लाग्यो । हलिउड चलचित्र ‘टम्ब रेइडर’मा नायिका एन्जेलिना जोलीले निर्वाहा गरेको भूमिकाबाट प्रभावित हुँदै स्वस्तिमाले तस्वीर पोष्ट गरेकी छिन् । स्वस्तिमालाई ट्रोल गर्नेहरुले बन्दुक देखेर बाल्यकालको याद आएको उल्लेख गरेका छन् ।

कतिपयले भने नक्कल गर्न नजानेको भन्दै आलोचना पनि गरेका छन् । कतिपयले पब्जीको नयाँ पात्र भन्दै आलोचना पनि गरेका छन् । स्वस्तिमाले बेला न कुबेला किन एन्जेलिनाको स्टाइल कपी गरेकी होलिन् ? कि स्वस्तिमालाई पनि चर्चामा आउन मन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *