‘छड्के २’मा अनमोलसँग काम गर्दै रेशा

२७ भदौ २०७९ १४:१५

चलचित्र ‘छड्के २’मा काम गरिरहेकी नायिकाको नाम बाहिरिएको छ । निर्माणपक्षले चलचित्रका मुख्य नायक अनमोल केसीबाहेक अन्य कलाकारको नाम गोप्य राखेको थियो । तर, यो चलचित्रमा अनमोलको जोडीको रुपमा मोडल रेशा आले मगरले काम गरिरहेको सार्वजनिक भएको छ । यो चलचित्रलाई निगम श्रेष्ठले निर्देशन गरिरहेका छन् ।

चलचित्रको छायांकन चितवन र मुस्ताङमा हुनेछ । दशैं अगाडि नै यो चलचित्रको छायांकन सक्ने योजना निर्माणपक्षको छ ।

चलचित्र ‘छड्के २’मा रविन तामाङ, कमलमणी नेपाल लगायतका कलाकारको अभिनय छ । रेशा पेशाले मोडलिङमा आवद्ध छिन् । उनको भूमिका चलचित्रमा के छ भन्ने खुलेको छैन । अनमोल केसी र उनको जोडीलाई निर्देशकले ग्याङस्टार चलचित्रमा कसरी प्रस्तुत गर्न लागेका छन्, त्यो पनि खुलेको छैन ।

यो चलचित्रले जडिबुटी ओसारपसार गर्ने २ ग्याङबिच हुने लडाइको कथा भन्नेछ । चलचित्रमा प्रशान्त गिरी, देवु श्रेष्ठको लगानी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *