‘प्रेमगीत ३’ असोज ७ मै नेपालमा हिन्दी र नेपाली भाषामा रिलिज हुने

२७ भदौ २०७९ ७:३३

भारतका विभिन्न शहरमा प्रचारप्रसार गरिरहेको नेपाली चलचित्र ‘प्रेमगीत ३’ले नेपाल रिलिजमा केही फेरबदल गरेको छ ।

यो चलचित्रलाई नेपाली भाषामा असोज ७ गतेबाट नेपालमा रिलिज गर्ने तयारी गरिएको छ । भारतमा भने यो चलचित्र हिन्दी भाषामा असोज ७ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रको हिन्दी भर्सनलाई नेपालमा असोज १४ गतेबाट रिलिज गर्ने तय गरिएको थियो ।

तर, अब दर्शकको मागलाई ध्यानमा राखी चलचित्रको हिन्दी भर्सनलाई पनि नेपालमा असोज ७ गतेबाट नै रिलिज गर्ने तयारी निर्माणपक्षले गरेको छ । निर्माता तथा निर्देशक सन्तोष सेनले मधेस क्षेत्रका दर्शकको मागलाई ध्यानमा राखेर असोज ७ मै चलचित्रको हिन्दी भर्सनलाई पनि नेपालमा रिलिज गर्ने बताए ।

स्वर्गीय छेतन गुरुङसँग मिलेर सन्तोषले निर्देशन गरेको यो चलचित्रमा प्रदीप खड्का, कृष्टिना गुरुङ, सुनिल थापा, शिव श्रेष्ठ, प्रेम पुरी, मनिष राउत लगायतका कलाकारको अभिनय छ । चलचित्रको अहिले नेपाल र भारतमा आक्रामक प्रचार भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *