धिरजले ‘भागवत् गीता’मा ४० लाख मागेको स्विकारे(भिडियोसहित)

२६ भदौ २०७९ १२:३५

नायक धिरज मगरले नायिका अदिती वुढाथोकीसँग मिलेर काम गरेको चलचित्र ‘बाबरी’ असोजको १४ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रलाई लभ स्टोरी र कमेडी शैलीमा बनाइएको यी दुई कलाकार बताउँछन् । चलचित्र उत्कृष्ट बनेकाले पनि दर्शकको साथ पाउनेमा यी दुई विश्वस्त छन् ।

तर, यो चलचित्रको प्रचार चलिरहेको समयमा नायक धिरज मगरलाई झरना थापाको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘भागवत् गीता’बाट पनि अफर गएको खबर सार्वजनिक भएको थियो ।

धिरजले पनि यो चलचित्रबाट अफर आएको स्विकार गरेका छन् । यो चलचित्रका लागि धिरजले ४० लाख पारिश्रमिक मागेको चर्चा समेत चलेको थियो । धिरजले यति पारिश्रमिक आफूले भन्दा पनि आफ्नो टिमले मागेको बताएका छन् ।

यस्तै, उनले पारिश्रमिक दोश्रो कुरा भएको भन्दै पहिलो कुरा चलचित्रको कथा भएको बताए । उनले भने–‘पारिश्रमिक त दोश्रो कुरा हो । मेरो प्राथमिकता त जहिले पनि कथामा हुन्छ । तर, चलचित्रको स्क्रिप्ट नै मैले पाएको छैन । चलचित्रमा काम गर्ने भएपछि जो सुकै कलाकारले पनि पारिश्रमिक खोज्छ । मैले पनि सोही खोजेको हुँ ।’

धिरजले अझै पनि चलचित्रको लागि कुरा मिलेको खण्डमा आफू काम गर्न तयार भएको बताएका छन् । यो चलचित्रमा नायिका सुहाना थापाले काम गर्ने पक्का भैसकेको छ । निर्माणपक्षले नायकको खोजी भने गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *