मेलिना र कमलले प्रेम सम्बन्धलाई इन्गेजमेन्टमा बदले

२६ भदौ २०७९ १२:१४

गायिका मेलिना मैनाली र गायक कमल खत्रीले आफूहरुको प्रेम सम्बन्धलाई इन्गेजमेन्टमा बदलेका छन् । उनीहरुले आज परिवारको उपस्थितीमा इन्गेजमेन्ट गरेका हुन् ।

दुबैले औठी साटेपछि जीवन एकसाथ जिउने उल्लेख गरेका छन् । इन्गेजमेन्टपछि गायिका मैनालीले लेखेकी छिन्–‘ जीवनको नयाँ अध्यायको सुरुवात तिमीसँग हुनु नै मेरो जीवनकै सुखद पक्ष हो । चाहना यति छ कि, साथ तिम्रो होस् र जीवन कहिले खत्तम नहोस् । जीवनको हरेक उतारचढावमा सदैव एक अर्काको साथमा रहने बाचा गर्दै हामीले रितिरिवाज अनुसार इन्गेजमेन्ट गरेका छौं ।’

उनीहरुले शनिबार मात्र नयाँ गीत सार्वजनिक गरेका थिए । मेलिना र कमल प्रेम सम्बन्धमा रहेको खबर नौलो थिएन । तर, उनीहरुले इन्गेजमेन्ट गरेर सबैलाई सरप्राइज भने दिएका छन् ।

गायक खत्रीको स्वरमा समावेश ‘आत्मामा’ बोलको गीतले अझै पनि दर्शकको माया पाइरहेको छ । गायिका मैनालीले पनि गायन क्षेत्रमा उदाइरहेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *