नाजिर र संचिताको ‘गुलाबी’को छायांकन कास्कीबाट सुरु

२६ भदौ २०७९ ६:५९

नाजिर हुसेन, सुशिल सिटौला र संचिता लुइटेलको मुख्य भूमिका रहेको चलचित्र ‘गुलाबी’को शुभसाइतसँगै छायांकन प्रारम्भ गरिएको छ । कास्कीको धम्पुसबाट यो चलचित्रको छायांकन सुरु गरिएको हो । समुन्द्र भट्टको निर्देशनमा तयार हुने चलचित्रमा राजा घोष, अनुपम श्रेष्ठको पनि मुख्य भूमिका रहनेछ ।

यो चलचित्रको छायांकन दशैं अगाडि नै सक्ने योजना निर्माणपक्षको छ । निर्देशक भट्टको नै कथा रहने चलचित्रले पारलैङ्गिताको कथालाई उठान गरेको छ । चलचित्रमा राजकुमार श्रेष्ठ र नाजिर हुसेनको पटकथा तथा संवाद छ ।

दि स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानर र अनुपम फिल्मस् सँगको सहकार्यमा निर्माण हुने ‘गुलाबी’लाई आलोक शुक्लाले छायांकन गर्दैछन् । भद्र भुजेल एसोसिएट निर्देशक रहने फिल्ममा पुष्कर लामाको निर्माण नियन्त्रण रहनेछ भने निर्माण व्यवस्थापकमा यम वली छन् । सीमा गुरुङको शृङ्गार रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *