२ दिनमा ‘ब्रम्हास्त्र’को विश्वव्यापी कमाई १६० करोड

२६ भदौ २०७९ ६:५२

बलिउड चलचित्र ‘ब्रम्हास्त्र’ले बक्स अफिसमा धुम मच्चाएको छ । शुक्रबारदेखि रिलिज भएको अयान मुखर्जी अभिनित यो चलचित्रले पहिलो दिन ७५ करोडको विश्वव्यापी कमाई गरेको थियो । शनिबार यो व्यापार ८५ करोडमा पुगेको छ । २ दिनमा विश्वभरबाट १६० करोडको ग्रस कलेक्शन गरेको चलचित्रले भारतमा पनि तहल्का मच्चाएको छ ।

चलचित्रले पहिलो दिन शुक्रबार ३७ करोड नेट कलेक्शन गरेको थियो । शनिबार ५ करोड बढ्दै व्यापार ४२ करोड पुगेको छ । दुई दिनमा चलचित्रले ७९ करोडको व्यापार गरेको छ । चलचित्रको २ दिनको भारतमा ग्रस कलेक्शन भने ९३ करोड छ ।

आज यो चलचित्रले भारतीय बक्स अफिसमा ५० करोडको व्यापार गर्ने अनुमान गरिएको छ । दर्शकले यो चलचित्रलाई रुचाएका छन् । जसकाकारण, केही ट्रेडहरुको खराब प्रतिक्रियाका बाबजुत पनि यो चलचित्रले बम्पर कमाई गरिरहेको छ । भोली सोमबार पनि चलचित्रले बम्पर व्यापारलाई जारी राख्ने ट्रेडहरुको भनाई छ ।

रनवीर कपुर, आलिया भट्ट, अमिताभ बच्चन, मौनी रोय, नागार्जुना, साहरुख खान लगायतको मुख्य भूमिका रहेको चलचित्रको कथावस्तु, भीएफएक्सलाई दर्शकले निक्कै मन पराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *