‘छक्का पन्जा ४’लाई कार्तिक ४ मा ल्याउने तयारी

२६ भदौ २०७९ ६:४३

हेमराज वीसीको निर्देशनमा तयार भैरहेको चलचित्र ‘छक्का पन्जा ४’लाई तिहारको अवसर पारेर कार्तिक ४ गते रिलिज गर्ने तयारी गरिएको छ । भदौबाट छायांकन सुरु भएको चलचित्रको प्रदर्शन मिति अझै तय गरिएको छैन ।

तर, यसको निर्माणपक्ष भने कार्तिक ४ गतेको मितिमा आँखा लगाइरहेको छ । किनकी, यो तिहारको बिदा पर्ने भएकाले पनि कार्तिक ४ मा चलचित्र रिलिज गर्दा उत्तम हुने वुझाई दीपकराज गिरीको छ ।

मंसिर ४ गते निर्वाचन र त्यसपछि विश्वकप फुटबल सुरु हुने भएकाले पनि निर्वाचन अगावै चलचित्र रिलिज गर्नुपर्ने दबाब यो टिम छ । यसपटक कथावस्तुमा राजनीतिलाई महत्व दिएकाले पनि दीपक निर्वाचन अगाडि नै चलचित्र रिलिज गर्न चाहन्छन् ।

दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, मलिना जोशी अभिनित यो चलचित्र कार्तिक ४ मा रिलिज नभएको खण्डमा अर्को बर्षको दशैंमा मात्र रिलिज हुनेछ । यो बिचमा दीपकको टिमले नयाँ चलचित्र बनाएर नयाँ बर्षमा रिलिज गर्ने सोच बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *