२ करोड ग्रस नजिक ‘झिँगे दाउ’

२५ भदौ २०७९ ८:३८

भदौको १७ गतेबाट रिलिज भएको चलचित्र ‘झिँगे दाउ’ले बक्स अफिसमा सुखद कारोबार गरिरहेको छ । यो चलचित्रले पहिलो साता मात्र नभएर, दोश्रो साताको शुक्रबार र शनिबार पनि सुखद कमाई गरिरहेको छ । हिन्दी चलचित्र ‘ब्रम्हास्त्र’को बम्पर ओपनिङले पनि यो चलचित्रको व्यापारमा कुनै असर गरेको छैन ।

यो चलचित्रले पहिलो साता कती व्यापार गर्यो, त्यसको आँकडा निर्माणपक्षले सार्वजनिक गरेको छैन । तर, विकास बोर्डले उपलब्ध गराएको बक्स अफिस आँकडामा पहिलो साता चलचित्रले १ करोड ४० लाखको ग्रस कमाई गरेको छ । केही हलहरु बक्स अफिस सर्भरमा नजोडिएकाले पनि यो आँकडा केही लाख माथि हुन सक्छ ।

दोश्रो साताको शुक्रबार र शनिबार पनि मल्टिप्लेक्स हलहरुको व्यापार आक्रामक छ । जसलेगर्दा, चलचित्रले रिलिजको ९ दिनमा २ करोड ग्रस छुने देखिएको छ । निर्माता तथा निर्देशक ज्ञानेन्द्र देउजाले पनि आजसम्म २ करोड ग्रस हुने बताएका छन् ।

वितरक करण श्रेष्ठले भने यो चलचित्रको आँकडा उपलब्ध गराएका छैनन् । चलचित्र ‘कबड्डी ४’पछि नेपाली बक्स अफिसमा ‘झिँगे दाउ’ले सुखद कमाई गरिरहेको छ ।

अर्को साता कुनै पनि चलचित्र नभएको र ३ दिन बिदा परेकाले पनि यो चलचित्रलाई ठूलो फाइदा हुने निश्चित छ ।

केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल, संगम भण्डारी, हिउवाला गौतम, कुशल बिष्ट लगायतका कलाकारको अभिनय रहेको चलचित्रलाई दर्शकले रुचाएका छन् । प्रदीप भारद्धाज यो चलचित्रका लेखक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *