‘ब्रम्हास्त्र’को बम्पर ओपनिङ, शुक्रबार ३७ करोडको कमाई

२५ भदौ २०७९ ६:३४

केही समीक्षकले निराशाजनक भनेपनि बलिउड चलचित्र ‘ब्रम्हास्त्र’ले बम्पर ओपनिङ गरेको छ । साथै, कोरोनापछि सर्वाधिक ठूलो ओपनिङ गर्ने चलचित्रको रेकर्ड समेत यो चलचित्रको नाममा गएको छ । यो चलचित्रले पहिलो दिन भारतमा ३७ करोडको नेट कलेक्शन गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । यसअघि नायक रणवीर कपुरको चलचित्र ‘सञ्जु’ले ३० करोड माथिको ओपनिङ गरेको थियो ।

साथै, यो चलचित्रले विश्व बजारबाट ६८ करोडको ग्रस कलेक्शन गरेको छ । चलचित्रले ३ दिनमै २ सय करोडको ग्रस कलेक्शन विश्व बजारबाट गर्ने देखिएको छ ।

अयान मुखर्जीको निर्देशनमा तयार भएको यो चलचित्रलाई समीक्षकले औषत प्रतिक्रिया दिएपनि दर्शकले निक्कै मन पराएका छन् । यसैले, चलचित्रले ३ दिनमै सय करोडको आँकडा पार गर्ने संभावना बढी छ ।

यो बर्ष चलचित्र ‘शम्शेरा’ असफल भएर निराश देखिएका रणवीरका लागि आफैले बनाएको यो चलचित्रले शितलता दिएको छ । चलचित्रमा रणवीर कपुर, आलिया भट्ट, अमिताभ बच्चन, मौनी रोयको साथमा केमियो भूमिकामा नायक साहरुख खान र नागार्जुन देखिएका छन् ।

चलचित्रको उच्च भीएफक्सलाई दर्शकले मन पराएका छन् । साथै, साहरुखको बैज्ञानिकको भूमिकालाई पनि दर्शकले रुचाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *