के रणवीर–आलियाको ‘ब्रम्हास्त्र’ निराशाजनक नै हो त ?

२४ भदौ २०७९ १३:४७

लामो बर्षको प्रतिक्षापछि ‘ए जवानी हे दिवानी’ फेम्ड निर्देशक अयान मुखर्जी निर्देशित चलचित्र ‘ब्रम्हास्त्र’ आजबाट हलमा रिलिज भएको छ । भारतमा सुरुवाती दिनमा यो चलचित्रले बम्पर ओपनिङ गर्ने आँकडा सार्वजनिक भैरहेका छन् । तर, यो चलचित्रलाई अपेक्षित समीक्षा भने मिलेको छैन ।

यो चलचित्रलाई भारतका चर्चित ट्रेड तरण आदर्शले २ रेटिङ दिदै निराशाजनक भने । उनको यो ट्विटले हलचल नै मच्चायो । तर, भारतका अन्य ट्रेडले भने यो चलचित्र निराशाजनक नै नभएको बताए । उनीहरुले चलचित्र एक पटक हेर्दा रमाइलो लाग्ने बताएका छन् ।

रनवीर कपुर, आलिया भट्ट, अमिताभ बच्चन, मौनी रोय, नागार्जुना, साहरुख खान लगायतका कलाकारको मुख्य भूमिका रहेको यो चलचित्रको दोश्रो सिरिज ‘देवा’ पनि तयार पारिने बताइएको छ ।

चलचित्रको पहिलो हाफ बुलन्द भएपनि दोश्रो हाफ केही सुस्त लाग्छ । कथावस्तुमा अलमलिदा दोश्रो भागको केही समय चलचित्रले ट्रायक परिवर्तन गरेजस्तो लाग्छ । तर, चलचित्रको क्लाइमेक्स उत्कृष्ट छ । जसकाकारण चलचित्र ‘निराशाजनक’ भने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *