सोमबार हल बन्द गर्ने निर्णयबाट चलचित्र संघ पछि हट्यो

२४ भदौ २०७९ १३:४१

आफ्ना विभिन्न माग राख्दै सोमबार देशभरका सम्पूर्ण चलचित्र भवनहरु नै बन्द गर्ने निर्णय गरेको प्रदर्शकहरुको छाता संगठन चलचित्र संघ अन्ततः यो निर्णयबाट पछि हटेको छ । शुक्रबार चलचित्र निर्माता संघ र चलचित्र संघका पदाधिकारीहरुबिच भएको वार्तामा सोमबार हल बन्द गर्ने निर्णय स्थगीत गर्ने सहमति भएको हो ।

साथै, चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न समस्याहरुलाई हल गर्नका लागि दुबै संघका ५–५ जना सदस्यहरु राखेर वार्ता टोली समेत गठन गरिएको छ । संघका सदस्यहरुलाई संयमित बनाउने निर्णय समेत आजको वार्ता टोलीले गरेको छ ।

नेपालमा प्रदर्शकहरुबाट सधै नै चेपुवामा पर्दैै आएको गुनासो निर्माताहरुको रहेको पाइन्छ । यस्तै, प्रदर्शकहरु भने आफूहरुले नेपाली चलचित्रलाई पाखा नलगाएको तर्क गर्दै आएका छन् । यही कुराले बारम्बार विवाद निम्त्याउने गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *