मप्टिप्लेक्स ‘ब्रम्हास्त्र’को कब्जामा, आक्रामक बुकिङ

२३ भदौ २०७९ १६:१८

विभिन्न लफडा भएपछि निक्कै ढिलो गरि खुलेको हिन्दी चलचित्र ‘ब्रम्हास्त्र’को आक्रामक बुकिङ देखिएको छ । भोली शुक्रबारबाट रिलिज हुन चलचित्रलाई देशका सबै मल्टिप्लेक्सले उच्च शो उपलब्ध गराएका छन् । बुकिङ खुल्ने वित्तिकै अधिकांश मल्टिप्लेक्समा दर्शकको चाप उच्च देखिएको छ ।

देशकै सबैभन्दा ठूलो चेन भएको क्यूएफएक्सले टूडी र थ्रीडीमा गरेर यो चलचित्रलाई ८१ शो उपलब्ध गराएको छ । तर, टूडीमा दर्शकको संख्या औषत रहँदा थ्रीडीमा भने उच्च देखिएको छ ।

बीग मुभिज, वान सिनेमाज् लगायतका हलमा पनि दर्शकको चाप उच्च देखिएको छ । आयन मुखर्जीको निर्देशनमा तयार भएको यो चलचित्रमा रणवीर कपुर, आलिया भट्ट, अमिताभ बच्चन, नागार्जुना, मौनी रोयको साथमा सुपरस्टार साहरुख खानको विशेष केमियो भूमिका छ ।

उच्च प्रचार, लोकप्रिय गीतसंगीत, आलिया र रणवीरको जोडी, निर्देशकमाथिको विश्वासका कारण पनि यो चलचित्रलाई लिएर दर्शकको उत्साह अत्याधिक थियो । भारतमा पनि यो चलचित्रले बम्पर ओपनिङ गर्ने संकेत गरिरहँदा नेपालमा पनि चलचित्रको व्यापार आक्रामक हुने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *