सैफ र ऋतिकको चोर–पुलिसको खेलमा ‘विक्रम बेधा’ ट्रेलर

२३ भदौ २०७९ ११:०१

सेप्टेम्बर ३० तारिखबाट रिलिज हुन लागेको बलिउड चलचित्र ‘विक्रम बेधा’को ट्रेलर सार्वजनिक भएको छ । यो चलचित्रको मुख्य भूमिकामा नायकद्धय ऋतिक रोशन र सैफअली खान छन् । राधिका आप्टेले पनि चलचित्रमा मुख्य भूमिका निर्वाहा गरेकी छिन् ।

चलचित्रमा ऋतिकलाई चोर र सैफलाई पुलिसको भूमिकामा देखाइएको छ । चोर र पुलिसको खेलमा यो चलचित्र बनेको छ ।

यो चलचित्र साउथको ब्लकबस्टर चलचित्र ‘बिक्रम बेधा’को रिमेक हो । जहाँ, ऋतिक रोशनको गेटअप र एक्सनले दर्शकलाई लोभ्याउन सक्छ । चलचित्रलाई पुष्कर र गायत्रीले निर्देशन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *