‘ब्रम्हास्त्र’ सेन्सर नभएको रिस नेपाली फिल्ममाथि

२३ भदौ २०७९ ९:२५

प्रदर्शक तथा वितरकले हिन्दी चलचित्र ‘ब्रम्हास्त्र’ सेन्सर रोकिएको रिस नेपाली चलचित्रमाथि पोखेका छन् । भोली शुक्रबारदेखि रिलिज हुन लागेको नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’को अझै शो खुलाइएको छैन । यसको मुख्यकारण हिन्दी चलचित्रको सेन्सर नहुनु हो ।

चलचित्र विकास बोर्डले सेन्सर नगरि शोज सार्वजनिक गर्न नपाइने नियम ल्याएपछि यसले वितरक र प्रदर्शकलाई पोलेको छ । यो चलचित्रका वितरकले सेन्सर सिफारिशका लागि सम्पूर्ण कागजात नबुझाउँदै बुकिङ खोल्नका लागि बोर्डसँग अनुमति मागेका थिए । तर, विकास बोर्डले कागजात पुरा नभएको भन्दै सेन्सरको अनुमति दिएन । बुधबार यो चलचित्रको सेन्सर नभएपछि नेपाली चलचित्रको समेत शोज सार्वजनिक नगरिएको हो ।

चलचित्र ‘केजीएफ २’को पनि सेन्सर नै नगरि मध्यरातमा शोज सार्वजनिक भएपछि चलचित्र विकास बोर्डले एक्सन लिएको थियो । तर, यसपटक मुभी कोड नपाएर ‘ब्रम्हास्त्र’को बुकिङ नखुल्दा हलवालाले बोर्डलाई गलाउन नेपाली चलचित्रको पनि शोज ननिकालेका हुन् ।

नेपाली चलचित्रको शोज समय सार्वजनिक नभएपछि यसका निर्माता चलचित्र विकास बोर्डमा पुगेका छन् । आज बेलुकी भारतमा चलेर पनि हलबाट उत्रिसकेको साउथ चलचित्र ‘सीतारमण’को सेन्सर हुँदैछ । यो चलचित्र त भोलीबाट अमेजन प्राइममा नै रिलिज हुँदैछ । यस्तो, चलचित्र नेपाल ल्याएर वितरकले फेरि नेपाली चलचित्रमाथि अर्को खेल खेल्दैछन् ।

भोली र पर्सी सार्वजनिक बिदा भएकाले ‘ब्रम्हास्त्र’को सेन्सर हुने संभावना आज कम छ । यसो भएको खण्डमा यो चलचित्र नेपालमा आइतबारबाट मात्र रिलिज हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *