अष्ट्रेलियामा ‘बाबरी’ असोज २४ बाट रिलिज हुने

२२ भदौ २०७९ ११:५५

असोजको १४ गतेबाट विश्वव्यापी रुपमा रिलिज हुन लागेको चलचित्र ‘बाबरी’को अष्ट्रेलिया अधिकार विक्री भएको छ । मेभन कन्सल्टिङ ग्रुपको तर्फबाट अनिल त्वनाबासु र विक्की श्रेष्ठले कंगारु देशको अधिकार खरिद गरेका हुन् ।

केहि दिन अगाडि निर्माण कम्पनी बाबरी फिल्मस् र वितरक कम्पनीविच कागजी संझौता समेत भएको छ । नेपालमा रिलिज भएको १० दिनपछि कंगारु देशमा यो चलचित्र रिलिज हुने पक्का भएको छ । यस्तै, नोभेम्बर ६ मा हङकङमा पनि यो चलचित्र रिलिज हुने भएको छ ।

सुरेन्द्र पौडेल निर्देशित यो चलचित्रमा धिरज मगर, अदिती वुढाथोकी, धिरज नाडकर, बादल भट्ट लगायतका कलाकारको अभिनय छ । चलचित्रको गीतसंगीत र ट्रेलरले धमाका मच्चाइरहेको छ । चलचित्रलाई गणेश वुढाथोकी र पुष्पलता वुढाथोकीले निर्माण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *