ट्रेलर रिलिज कार्यक्रममा किन आयो ऋचाको आँखामा आँशु ?

२२ भदौ २०७९ ११:४५

बुधबार आयोजना भएको चलचित्र ‘हिजो आजका कुरा’को ट्रेलर रिलिज कार्यक्रममा नायिका ऋचा शर्मा बोल्न सुरु गर्दै गर्दा भक्कानिइन् । उनलाई सम्हाल्न केही समय लागेको थियो । कार्यक्रम संचालक नरेश भट्टराइले ऋचा जस्तोसुकै पारिवारिक परिस्थितीमा पनि बोलिको पक्का भएको र आफ्नो कामलाई महत्व दिने नायिका भएको भन्दै प्रशंसा गरे । तर, त्यही कुराले ऋचाको गला अबरुद्ध भयो ।

ऋचाकी हजुरआमा बिगत केही दिनदेखि अस्पतालमा भर्ना भएकी छिन् । उनलाई निमोनिया भएको छ । हजुरआमा अस्पतालमा हुँदा पनि ऋचा चलचित्रको ट्रेलर रिलिज कार्यक्रममा पुगेकी थिइन् ।

उसो त पछिल्लो समय, कुनै चलचित्रको कार्यक्रममा कलाकार भावूक हुँदा चलचित्र चलाउनका लागि रोएको भन्ने खालका तर्क समेत गर्ने गरिन्छ । ऋचा आजको कार्यक्रममा हजुरआमालाई संझिएर रोएकी हुन् ।

यही बिषयमा सोधिएको प्रश्नमा ऋचाले रोएर चलचित्र नचल्ने बताइन् । उनले, आफ्नो परिस्थिती नै त्यस्तो भएको भन्दै आँखाबाट आँशु झरेको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *