शुक्रबारबाहेक अन्य दिन फिल्म रिलिज गरे आन्दोलन गर्ने निर्माता संघको निर्णय

२२ भदौ २०७९ ११:३७

चलचित्र निर्माता संघको नयाँ कार्यसमितीले शुक्रबार बाहेक अन्य बार कुनै पनि भाषाको चलचित्र रिलिज गर्न नपाइने निर्णय गरेको छ । आज बसेको कार्यसमितीको पहिलो बैठकले जुनसुकै चलचित्र पनि शुक्रबार मात्रै रिलिज गर्नुपर्ने निर्णय गरेको हो ।

संघका सदस्य किरण नेपालीले हाम्रो सिनेमालाई दिएको जानकारी अनुसार, शुक्रबारबाहेक अन्य दिन चलचित्र रिलिज गरेको खण्डमा आन्दोलन गर्ने निर्णय भएको छ । यो निर्णयको बोधार्थ चलचित्र विकास बोर्ड र चलचित्र संघमा पठाउने निर्णय पनि भएको छ ।

विशेषगरि, हलिउड र बलिउडका चलचित्र सम्बन्धित देशमा जुन बार रिलिज भयो सोही बार रिलिज हुँदा नेपाली चलचित्रका निर्माता मर्कामा परेका थिए । तर, अब निर्माता संघले यस्तो भएको खण्डमा आन्दोलनमा जाने निर्णय गरेको हो ।
नवल खड्काको नेतृत्वमा केही दिन अगाडि मात्र निर्माता संघको नयाँ कार्यसमिती चयन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *