‘पोन्नियन सेल्वन–१’को ट्रेलर सार्वजनिक

२२ भदौ २०७९ ६:४२

निर्देशक मणि रत्नमको बहुप्रतिक्षित चलचित्र ‘पोन्नियन सेल्वन–१’को ट्रेलर सार्वजनिक भएको छ । यो चलचित्र १ हजार बर्ष पुरानो साम्राज्य युगको कथामा आधारित छ । यो चलचित्रमा साउथका सुपरस्टार चियान विक्रम र नायिका ऐश्वर्या रायको मुख्य भूमिका छ ।

साथमा चलचित्रमा कृति, जयराम रवि, ऐश्वर्या लक्ष्मी, शोभिात धुलिपालाको पनि मुख्य भूमिका छ । ए आर रहमानको निर्देशनमा तयार भएको चलचित्रको सेप्टेम्बर ३० मा रिलिज हुँदैछ । चलचित्रको ट्रेलरले यसको ठूलो क्यानभासको बर्णन गरेको छ ।

साउथ तथा बलिउडमा ‘बाहुबली’ रिलिज भएपछि ऐतिहासिक कथामा ठूलो क्यानभास तयार गर्दै चलचित्र बनाउने क्रम जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *