दर्शनका लागि महाकाल पुगेका रनवीर–आलियाको विरोध, पूजा नगरी फर्किए

२२ भदौ २०७९ ६:३५

सेप्टेम्बर ९ अर्थात शुक्रबारदेखि रिलिजमा आउन लागेको बलिउड चलचित्र ‘ब्रम्हास्त्र’को प्रचारमा यसका कलाकार लागिपरेका छन् । चलचित्रका मुख्य कलाकार रनवीर कपुर, आलिया भट्ट र निर्देशक अयान मुखर्जी चलचित्रको प्रचार गर्न भारतका विभिन्न शहर पुगिरहेका छन् । यसैबिच, उनीहरु मंगलबार महाकालको दर्शनका लागि शाम उज्जैन पुगेका थिए । तर, हिन्दी संगठनहरुको विरोध भएपछि उनीहरुले दर्शन गर्न पाएनन् ।

तर, अयान मुखर्जीले भने मन्दिरको मुख्यद्धारमा पुगेर महाकालको दर्शन गरे । उनलाई हिन्दु संगठनका कार्यकर्ताहरुले कालो झन्डा देखाएका थिए । महाकालको दर्शन गर्न जाने क्रममा उनीहरुले मन्दिर परिसरमा विरोध भैरहेको खबर पाएका थिए । सोही समयमा उनीहरुलाई अयानका साथी आशीष सिंहको फोन आयो । उनीहर आशीषको घरमा पुगेका थिए ।

विरोध कम भएपछि अयानले मात्र मन्दिरको दर्शन गरेका थिए । आलिया भट्ट गर्भवती भएका कारण पनि उनी भिडमा जान नमानेकी हुन् । बजरंग दलका कार्यकर्ताले रनवीरले केही बर्ष अगाडि आफूलाई गाईको मासु मनपर्छ भनेर दिएको बयानमा विरोध जनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *