पललाई साढे २ बर्षको जेल सजायँ, १० लाख क्षतीपूर्तीको फैसला

२१ भदौ २०७९ १४:२०

नवलपुरको जिल्ला अदालतले नायक पल शाहलाई साढे २ बर्षको जेल सजायँ सुनाएको छ । जबरजस्ती करणी मुद्दामा अभियोग पत्र दर्ता भएको थियो । तर, न्यायधीसले भने बाल यौन दुरुपयोगको कसुरलाई टेकेर फैसला गरेका छन् ।

आज दिनभर नवलपुर जिल्ला अदालतमा बहस भएको थियो । न्यायधीस यज्ञप्रसाद आचार्यको इजलासले लामो बहसपछि फैसला सुनाएको हो । पललाई अदालतले २५ हजार जरिवाना र १० लाख क्षतिपूर्तीको समेत सजायँ सुनाएको छ ।
पलको मुद्दा जिल्ला अदालत, तनहुँमा पनि चलिरहेको छ । तनहुँको फैसला भने आउन बाँकी छ ।

नाबालिका गायिकाले आफ्नो बयान फेर्दै पल शाहले आफूलाई बलात्कार नगरेको बकपत्र दिएकी थिइन् । तर, पनि पललाई साढे २ बर्षको जेल सजायँ अदालतले सुनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *