फिट प्रियंका, हिट प्रियंका

२१ भदौ २०७९ १३:५०

एक दशक अगाडि फर्किने हो भने नायिका प्रियंका कार्कीको हाईहाई नै थियो । चलचित्रमा उनको माग खुबै थियो । प्रियंकालाई चलचित्रमा नलिए पूर्ण हुँदैन भन्ने सोच निर्माताको थियो । तर, धेरै चलचित्र एकसाथ गर्न थालेपछि प्रियंकालाई दर्शकले रुचाउन छाडे । प्रियंकाले पनि अफर आएका अधिकांश चलचित्रमा काम गरिन् ।

उनै, प्रियंका फेरि एकपटक पुरानो क्रेज फर्काउने दौडमा छिन् । तर, के यो संभव होला त ?

छोरीलाई जन्म दिएपछि प्रियंका नयाँ चलचित्र ‘फूलबारी’बाट कमब्याक गर्दैछिन् । यसका लागि उनले आफूलाई जसरी परिवर्तन गरिन्, शरीरको तौल घटाइन् त्यो गज्जब छ । प्रियंका धेरैका लागि प्रेरणाको श्रोत पनि यसै बनेकी होइनन् । चलचित्रमा उनको क्रेज कस्तो रहन्छ, त्यो भोलीको कुरा भयो । तर, उनको फिगरले फेरि धेरै यूवतीलाई फ्यान बनाउने पक्का छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *