मलाई ‘सितारा वा स्टार’ भनेको मन पर्दैनः सोनम तोप्देन(भिडियो)

२१ भदौ २०७९ १२:५५

चलचित्र ‘सम्हालिन्छ कहिले मन’बाट नायक सोनम तोप्देनको उदय भएको छ । यी नव–नायकको अभिनयले दर्शकलाई प्रभावित बनायो । साथै, मिडियाकर्मीले समेत सोनमको कामलाई उच्च प्रशंसा गरिरहेका छन् । सोनमलाई कसैले अबको ‘सितारा’ भनेका छन् भने कसैले अबको ‘उदाउँदो स्टार’ भनिरहेका छन् ।

तर, नायक तोप्देन भने आफूलाई यस्ता खालका विशेषण दिएको मन नपर्ने बताउँछन् । मिडिया कुराकानीमा उनले भने–‘मलाई सितारा, स्टार वा अरु केही पनि भनेको मन पर्दैन । मलाई सबैले एउटा राम्रो कलाकार भनेर चिन्नुभयो भने खुशी हुन्छु ।’

सोनमले आफूले चलचित्र क्षेत्रमा लामो समय बिताउन आएको भन्दै चलचित्रको अफर पनि आइरहेको सुनाए । उनले भने–‘चलचित्रको कथावस्तु मन परेको खण्डमा मात्र साइन गर्छु । अफर त आएको छ, तर चित्त वुझेको छैन ।’ उनले पूजा शर्मासँग चलचित्र खेल्न पाएको खण्डमा अरुमा तत्काल काम नगर्ने समेत तर्क गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *