‘ब्रम्हास्त्र’को पाइरेसी रोक्न १८ वेवसाइट ब्लक गर्न अदालतको आदेश

२१ भदौ २०७९ १२:४५

शुक्रबारदेखि रिलिज हुन लागेको बलिउड चलचित्र ‘ब्रम्हास्त्र’ले बक्स अफिसमा धमाका मच्चाउने देखिएको छ । पहिलो दिन यो चलचित्रले ३० करोड माथिको ओपनिङ गर्ने विश्लेषण भैरहेको छ । तर, बलिउडमा चलचित्र रिलिज भएकै दिन विभिन्न वेवसाइटमा चलचित्र लिक हुने गर्छन् । पाइरेसी गरेर सार्वजनिक गरिने यस्ता वेवसाइटका कारण पनि निर्मातालाई मर्कामा पारेको छ ।

यसैले, यसका निर्माताले वेवसाइट ब्लक गर्नका लागि अदालतमा मुद्दा दायर गरेका थिए । दिल्ली हाइकोर्टले चलचित्रको पाइरेसी रोक्नका लागि १८ वटा वेवसाइट ब्लक गर्न अनुमती दिएको छ । अदालतको फैसलामा पाइरेसी रोक्नका लागि ब्लक मात्र गरेर नहुने तर प्रशासनले नै कडा एक्सन लिनुपर्ने उल्लेख छ ।

बलिउड चलचित्रले खराब व्यापार गरिरहेको समयमा आयन मुखर्जीको निर्देशनमा तयार भएको यो चलचित्रले राहत दिने अपेक्षा गरिएको छ । रणवीर कपुर, आलिया भट्ट, अमिताभ बच्चन, नागार्जुना, मौनी रोय लगायतको अभिनय रहेको यो चलचित्रलाई बलिउडको अहिलेसम्मकै उच्च भीएफएक्समा बनाइएको चलचित्र भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *