पाँचौ दिनमा पनि फिल्म हाउसफूल भएपछि हल पुगे सोनम र पूजा(भिडियो)

२१ भदौ २०७९ १२:१५

शुक्रबारदेखि रिलिज भैरहेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’ले काठमाडौंका केही हलमा सुखदको व्यापार गरिरहेको छ । चलचित्र रिलिज भएको पाँचौ दिनमा काठमाडौंको चाबहिलस्थित एफक्यूब हलमा पुग्दा दर्शक हलमा खचाखच थिए ।

नायिका पूजा शर्मा र नायक सोनम तोप्देन दर्शकसँग साक्षात्कार गर्न हल पुगेका थिए । शुक्रबार र शनिबार हल घुमेर आइतबार र सोमबार घरमै बसेका यी दुई कलाकार मंगलबार फेरि हल पुगे । हल पुग्दा उनीहरु दर्शकमाझ घेरिएका थिए । दर्शकहरुले पनि चलचित्र उत्कृष्ट लागेको र अन्तिममा त सस्पेन्स नै रहेको प्रतिक्रिया दिएका थिए ।

विशेषगरि, एफक्यूबमा चलचित्र हेर्न आउने अधिकांश दर्शक नायिका पूजा शर्मा र नायक सोनम तोप्देनलाई मन पराउने बढी भेटिए । चलचित्र हेर्नका लागि बच्चा बोकेर पनि केही महिलाहरु हलमा पुगेका थिए । सुदर्शन थापा निर्देशित यो चलचित्रमा नायक आकाश श्रेष्ठको पनि मुख्य भूमिका छ ।

चलचित्रको गीतसंगीत, प्रस्तुति, दृश्य र क्लाइमेक्सले छोएको दर्शकको प्रतिक्रिया छ । मिडियासँग कुरा गर्दै पूजाले भनिन्–‘हलमा गएर दर्शक देखाएन भने त चलचित्र नै नचलेको जस्तो हल्ला गरिदोरहेछ । चलचित्र शुक्रबारदेखि नै राम्रोसँग चलिरहेको छ ।’ नायक सोनम तोप्देनले दर्शकले दिनुभएको प्रेम आफूले कहिले पनि तिर्न नसक्ने प्रतिक्रिया दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *