दिनेश गौतमको ‘जुनकिरी’ सार्वजनिक

२१ भदौ २०७९ ८:१९

 

गायक दिनेश गौतमको स्वरमा ‘जुनकिरी’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा राम कुमार इलानको शब्द र जोसेफ शाही ठकुरीको संगीत भरेका छन् ।

गीतमा छोरा–बुहारी धन कमाउँन लागेपछि बृद्ध बुवाको मनमा आउँने भाव लाई प्रस्तुत गरिएको छ । मनको बह मेटाउँन लिएको रक्सीको साहारा राम्रोसंग प्रष्ट्याइएको छ । भिडियोका निर्देशक प्रिन्स डेइनिल हुन् । सार्वजनिक भिडियोमा सुरेन्द्र केसी मुलाको साग, सारदा गिरी, बिष्णु सापकोटा, राम चन्द्र अधिकारी, निशा खातुन, अमित ठाकुर र कृष्ण कान्त ठाकुरको अभिनय रहेको छ ।

गीतको अडियो र भिडियो दुबै बलियो रहेको छ ।रबिन्द्र बरालको छायांकन। रहेको भिडियोलाई टेक बहादुर शाहीले सम्पादन गरेका हुन् । सार्वजनिक भिडियो ‘जुनकिरी’ लाई राम चन्द्र गौतमले निर्माण गरेका छ्न। भिडियोका निर्माता राम चन्द्र भन्छन् ‘गीतले मन छोएकोले पनि म गीत निर्माण गर्न तयार भएको हुँ ।

गायक दिनेश गौतमले गीतको भाव अनुसार भिडियो बनेकोमा खुसी व्यक्त गरे । गीतको शब्द सुन्दा नै आफू उत्साहित भएको बताउँदै उनले दर्शकलार्ई पनि गीत मन पर्नेमा विश्वस्त रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *