‘प्रेमगीत ३’को शिर्ष गीत सार्वजनिक

२१ भदौ २०७९ ७:२६

असोजको ७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘प्रेमगीत ३’को शिर्ष गीत सार्वजनिक भएको छ । सुगम पोखरेल र अन्जु पन्तको स्वर, एलिस कार्कीको संगीत, राजेशकुमार श्रेष्ठको शब्द रहेको ‘हर यूग प्रेमगीत’ सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु नायक प्रदीप खड्का र नायिका कृष्टिना गुरुङलाई फिचरिङ गरिएको छ ।

आशुसेन फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा सन्तोष सेनको निर्माण तथा निर्देशन छ । निर्देशनमा स्वर्गीय छेतन गुरुङले पनि साथ दिएका छन् ।

चलचित्रमा राजेश श्रेष्ठको छायांकन, बनिष शाह र भूपेन्द्र अधिकारीको सम्पादन छ । मन्दिप गौतम र छेतनले मिलेर यो चलचित्र लेखेका हुन् । चलचित्रमा शिव श्रेष्ठ, सुनिल थापा, माओत्से गुरुङ, मनिष राउत, पुष्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *