‘ऐना झ्यालको पुतली’लाई गज्जबको प्रतिक्रिया

२१ भदौ २०७९ ७:०६

शुक्रबारदेखि रिलिजमा आउन लागेको नेपाली चलचित्र ‘ऐना झ्यालकी पुतली’लाई प्रिमियरमा गज्जबको प्रतिक्रिया मिलेको छ । सुजित भण्डारीको निर्देशनमा तयार भएको यो चलचित्रले बालापनको कथा भन्छ । एक आमाले आफ्ना सन्तानलाई पढाउनका लागि सुन बेचेको कथा यो चलचित्रमा देखाइएको छ । साथमा पढ्न इच्छा राख्ने छोरीको बालबिबाह, दिदी र भाइको प्रेमलाई गहन तरिकाले निर्देशकले चलचित्रमा देखाएका छन् । यसैले, पनि यो चलचित्र प्रिमियरपछि चर्चामा छ ।

कञ्चन चिमरिया र दिनेश खत्री यो चलचित्रका मुटु हुन् । उनीहरुले गरेको अभिनयले अधिकांश मानिसहरुलाई बालापनमा लैजान्छ । सिरु बिष्टले आमाको भूमिकालाई न्याय गरेकी छिन् ।

नेपालमा अर्गानिक चलचित्रको नाममा दर्शकलाई अनावश्यक बोझ थोपर्न काम भैरहेको छ । तर, यो चलचित्रले भने दर्शकलाई मनोरञ्जन दिदै बालापनको रमाइलो यात्रा गराउँछ । साथमा, समाजले भन्न खोजेका कैयौं बिषयलाई चलचित्रले सरल तरिकाले भनेको छ ।

प्रिमियरमा पुगेका चलचित्रकर्मीहरु दीपकराज गिरी, दीपाश्री निरौला, केकी अधिकारी, प्रकाश सपुत लगायतले यो चलचित्रलाई उत्कृष्ट भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *