‘ब्रम्हास्त्र’को एउटै चेनमा १ लाख टिकट विक्री, ३० करोड माथिको ओपनिङ पक्का

२१ भदौ २०७९ ५:०५

बलिउड चलचित्रले व्यापारमा गतिलो फड्को मार्न नसकेको र निरन्तर चलचित्र असफल भैरहेको समयमा नायक रणवीर कपुर र नायिका आलिया भट्टको नयाँ चलचित्र ‘ब्रम्हास्त्र’ले सुखद संकेत गरेको छ । आयन मुखर्जी निर्देशित उच्च भीएफएक्समा बनेको यो चलचित्रले भारतीय बक्स अफिसमा पहिलो दिन ३० करोड माथिको बम्पर ओपनिङ गर्ने संकेत दिएको छ ।

यो चलचित्रको भारतको पीभीआर चेनमा मात्र १ लाख बढी टिकट विक्री भएको छ । पहिलो दिनमा चलचित्रले थुप्रै रेकर्ड बनाउने संभावना बढेर गएको छ । यदि, चलचित्रको वर्ड अफ माउथ मात्र गतिलो आयो भने यो चलचित्रको व्यापार ३ सय करोड माथि हुने पक्का छ ।

बक्स अफिसमा चलचित्रले सुनामी ल्याउने संकेत देखिएपछि बलिउडकर्मी र ट्रेडहरु उत्साहित छन् । लामो समय बक्स अफिसमा सुनसान देखिएकाले पनि उनीहरुका लागि यो चलचित्रले खुशी छरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *