विकिनी लगाउँदा आलोचित भएपछि उषाको जवाफ–‘मैले कहाँ गल्ती गरेँ’(भिडियो)

२० भदौ २०७९ ११:५७

मोडल उषा उप्रेतीले केही दिन अगाडि गोवा पुगेर तस्वीरहरु सामाजिक संजालमा पोष्ट गरिन् । सामाजिक संजालमा उनले विकिनी लगाएर गोवाको समुन्द्री तटमा रमाएका तस्वीर भाइरल भयो ।

उषालाई ट्रोल ग्रुपले मजाक बनाए । तर, यस्ता कुराले आफूलाई केही पनि फरक नपर्ने उषाको भनाई छ । आज आयोजना गरिएको ‘निशा घिमिरे स्मृति पुरस्कार २०७९’मा मोडल उषा उप्रेती र कोरियोग्राफर तथा मोडल पवित्रा आचार्यलाई पुरस्कृत गरिएको थियो । उपचारका क्रममा गतबर्ष निधन भएकी मोडल निशा घिमिरेको स्मृति कोषले आज एक कार्यक्रमको आयोजना गर्दै उषा र पवित्रालाई सम्मान गरेको हो ।

सोही कार्यक्रममा मिडियासँग कुरा गर्दै निशाले भनिन्–‘कतिपयले मैले भिडियो हटाउँछु भनेर पनि सोच्नुभयो । तर, मैले किन भिडियो हटाउने ? म किन तल पर्ने ? जबकी मैले कुनै गल्ती नै गरेको छैन । जबसम्म मलाई मेरो मनबाट मैले गल्ती गरेको छु भन्ने लाग्दैन, तबसम्म म किन पछि हट्ने ?’

उषाले गोवामा पुगेर विकिनी लगाएको बिषयमा भनिन्–‘हाम्रो सोच नै अचम्मको छ । बलिउड नायिकाहरुले विकिनी लगाउँदा तारिफ गर्ने हामी नेपाली चेलीले गोवामा पुगेर त्यस्तो पहिरन लगाउँदा आलोचना गरिन्छ । तर, मलाई सामाजिक संजाल र मिडियामा आउने खबरले खासै फरक पार्दैन ।’ उषाले अहिले नै आफूले चलचित्रमा काम गर्ने बिषयमा नसोचेको बताइन् । आफू चलचित्रका लागि तयार नभएको उनको तर्क छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *