चितवनमा दर्शकमाँझ घेरिइन् आँचल, ‘झिँगे दाउ’को राम्रो व्यापार

२० भदौ २०७९ ११:४५

चितवनकी बुहारी भनेर परिचित नायिका आँचल शर्मा सोमबार आफ्नो घर पुगेकी छिन् । चितवनमा रिलिज भैरहेको चलचित्र ‘झिँगे दाउ’को बारेमा प्रतिक्रिया लिन उनी इन्द्रदेव हल पुगेकी हुन् । सोमबार ८० प्रतिशत भन्दा बढी दर्शकको साथमा उनले चलचित्र हेरिन् र प्रतिक्रिया लिइन् । यो चलचित्र हेर्न महिलाहरुको बढी उपस्थिती हलमा देखिएको थियो ।

परिवारसहित चलचित्र हेर्न पुग्नेहरुको संख्या पनि बढी थियो । परिवारसहित चलचित्र हेर्न आएकी एक आमाले आँचललाई भेट्दा सम्हाल्न सकिनन् र आँचलसँग अंगालो हालेर रोइन् ।

चलचित्रको वर्ड अफ माउथ राम्रो भएपछि दर्शक हलमा फर्किएका हुन् । चलचित्रमा केकी अधिकारी, मुकुन भुषाल, कुशल बिष्ट, हिउवाला गौतम लगायतका कलाकारको मुख्य भूमिका छ । ज्ञानेन्द्र देउजा निर्देशित चलचित्रले लामो रेशको घोडा बन्ने संकेत गरेको छ ।

दर्शकले पछिल्ला केही बर्षयता कथा राम्रो भएको चलचित्रलाई साथ दिन थालेका छन् । यसको फाइदा ‘झिँगे दाउ’लाई भएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *