‘आशिकी ३’ मा कार्तिक आर्यन

२० भदौ २०७९ ६:५९

बलिउडमा नायक कार्तिक आर्यनको क्रेज बढ्दो छ । यूवापुस्तामाझ उनको लोकप्रियता झन् झन् चुलिएको छ । उनको हातमा चलचित्रको लाइनअप लामो छ । उनै, कार्तिक अब हिट सिरिज ‘आशिकी’को तेश्रो पार्टमा अनुवन्धित भएका छन् ।

यो चलचित्रलाई अनुराग बासुले निर्देशन गर्ने पक्का भएको छ । भुषण कुमार र मुकेश भट्टको निर्माणमा बन्न लागेको चलचित्रमा प्रितमको संगीत रहनेछ । यो चलचित्रको कथावस्तु खुलाइएको छैन । तर, लभ स्टोरी चलचित्रमा नै कथा बुनिएको अनुमान लगाउन सकिन्छ ।

चलचित्र ‘आशिकी ३’मा अनुबन्धित भएपछि आर्यनले खुशी व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *