रानी र विजयको ‘कालो कोठीमा’मा नम्रता र सुधिरको रोमान्स

१९ भदौ २०७९ ८:५१

अमेरिकामा रहेर निरन्तर गीतसंगीतमा सक्रिय छिन् गायिका रानी शाक्य । रानीले कर्णप्रिय गीतहरु सार्वजनिक गरिरहेकी हुन्छिन् । उनी रानीले गायक सिडी विजय अधिकारीसँग मिलेर नयाँ गीत ‘कालो कोठी’ सार्वजनिक गरेकी छिन् ।
समीर राईको शब्द र विक्रम थापाको संगीतमा तयार भएको यो गीतलमा आदेश गुर्माथनको एरेन्ज छ ।

भिडियोमा नायिका नम्रता सापकोटा र मोडल सुधिर श्रेष्ठको नृत्य हेर्न सकिन्छ । क्लबमा यो गीतको भिडियो छायांकन गरिएको छ । बुद्ध थापाको छायांकन रहेको भिडियोमा बिष्णु खड्काको सम्पादन छ । भिडियोलाई रायन कार्कीले निर्देशन गरेका हुन् ।

भिडियोमा नायिका सापकोटा र मोडल श्रेष्ठको रोमान्स हेर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *