‘झिँगे दाउ’ले दर्शक तान्दा केकी र आँचलमा खुशी(भिडियो)

१८ भदौ २०७९ १३:३३

शुक्रबारदेखि नै रिलिजमा आएको ज्ञानेन्द्र देउजा निर्देशित चलचित्र ‘झिँगे दाउ’ले हलमा दर्शक तान्न सफल भएको छ । मल्टिप्लेक्समा शनिबार दर्शकको उपस्थिती सुखद देखिएको छ । वितरक करण क्रेजीले चलचित्रको व्यापार शनिबार उत्साहजनक रहेको बताए ।

आज काठमाडौंका विभिन्न हलमा यसका कलाकारहरु पुगेका थिए । नायिकाद्धय केकी अधिकारी, आँचल शर्मा, नायकद्धय मुकुन भुषाल र कुशल बिष्टको साथमा निर्देशक देउजा हल पुगे । हलमा उपस्थित दर्शकले चलचित्रको कथावस्तुले मन छोएको बताए । उनीहरुले, चलचित्र हेरेपछि सन्तान र आमाको सम्बन्ध कस्तो हुन्छ भनेर वुझेको प्रतिक्रिया दिएका थिए ।

नायिका आँचल शर्माले दर्शकको यस्तो भीड देख्दा उत्साहित भएको बताइन् । आज सिभिल मल, बीएसआर, लाबिम लगायतका हलमा दर्शकको उपस्थिती बाक्लो थियो । भिमनिधी तिवारीको सफल कृति ‘झिँगे दाउ’मा आधारित रहेर यो चलचित्र बनाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *