टिकटकभरी ‘झिँगे दाउ’को दृश्य छ्याप्तछ्याप्ती, निर्देशकले दिए चेतावनी

१८ भदौ २०७९ ७:२३

हिजोआज टिकटकको दुरुपयोग हुँदा चलचित्रकर्मीलाई पनि ठूलो समस्या पर्न थालेको छ । चलचित्रको दृश्य हलमा खिचेर टिकटकमा छ्याप्त छ्याप्ती हालिदिदा निर्माता चरम मर्कामा परेका छन् । अरुको सम्पत्ती यसरी दुरुपयोग गर्न हुँदैन भन्ने चेतना मानिसमा कम हुँदा वा लाइक र भ्यूजको लोभमा चलचित्रको दृश्य रिलिज भएको दिनदेखि नै टिकटकभरी आउन थालेका छन् ।

हिजो शुक्रबारदेखि रिलिजमा आएको चलचित्र ‘झिँगे दाउ’का दृश्य पनि टिकटकभरी भेटिएका छन् । चलचित्रका महत्वपूर्ण दृश्य नै टिकटकभरी खिचेर हाल्दा निर्माता चरम मर्कामा परेका छन् । निर्देशक ज्ञानेन्द्र देउजाले सामाजिक संजालबाट यस्ता गैह्र कानुनी काम नगर्न चेतावनी दिएका छन् । उनले, यस्तो अपराधीक काम नगर्न आग्रह गर्दै होइन भने आफू कानुनी लडाईमा जान वाध्य हुने चेतावनी समेत दिएका छन् ।

पहिले पहिले चलचित्र नै खिचेर युट्युबमा हाल्ने दर्शक केही भेटिन्थे । अहिले भने ३ मिनेटसम्मका दृश्य लहरैले हालेर सिंगै चलचित्र नै टिकटकमा हालेर पाइरेसी गर्नेहरु बढेका छन् ।

शुक्रबारबाट रिलिजमा आएको चलचित्रले औषत व्यापार गरेको छ । चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल, कुशल बिष्ट, हिउँवाला गौतम लगायतको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *