‘प्रेमगीत ३’को ट्रेलर हेरेर बलिउडकर्मीले गरे प्रशंसा

१८ भदौ २०७९ ७:१०

असोजको ७ गतेबाट रिलिज हुन लागेको नेपाली चलचित्र ‘प्रेमगीत ३’को ट्रेलर सार्वजनिक मुम्बईमा गरिएको छ । सार्वजनिक कार्यक्रममा निर्माता एवं निर्देशक सन्तोष सेन, नायक प्रदीप खड्का, कलाकार सुनिल थापा, मनिष राउत, प्रेम पुरी र नायिका कृष्टिना गुरुङ सहभागी थिए । कार्यक्रममा प्रदीप र कृष्टिनाले बलिउडकर्मीको स्वागतमा रोमान्टिक नृत्य गरेका थिए ।

यो चलचित्रलाई साथ दिनका लागि बलिउड कलाकार महेश मंजेकर, शिवाजी सतम, निर्देशक अनिस बाज्मी, कोरियोग्राफर गणेश आचार्य, संगीतकार एवं गायक पवनदीप राज, निर्देशक इन्द्र कुमार, ‘प्रेमगीत ३’का भारतीय निर्देशक सुवाष काले लगायत उपस्थित थिए । बलिउड पाहुनाहरुले चलचित्रको पोष्टर समेत सार्वजनिक गरे । चलचित्रको ट्रेलर हेरेपछि कलाकार महेश मंजेकरले यसको कथावस्तु, लोकेशन राम्रो लागेको बताए । यस्तै, कलाकार शिवाजी सतमले पनि अन्तरराष्ट्रिय स्तरको चलचित्र बनेको अनुभुती भएको बताए ।


उनले, बक्स अफिसमा राम्रो कमाई हुने अपेक्षा व्यक्त गरे । यस्तै, चलचित्र ‘भूल भूलैयाँ’का निर्देशक अनीसले हिमालय एकदमै सुन्दर देखिएको बताउँदै आफूलाई पनि हिमालमा चलचित्र खिच्न मन लागेको बताए । उनले, चलचित्रको लुक्स गज्जब लागेको सुनाए । कार्यक्रममा बोल्दै नायक प्रदीप खड्काले भारतीय दर्शकको मनमा बस्नका लागि आफ्नो टिमले हिन्दी भाषमा कुरा गरिरहेको सुनाए ।

उनले, हिन्दी चलचित्र र टेलिसिरियलबाट आफूलाई नायक बन्ने सौख पलाएको पनि सुनाए । सन्तोषले हिजोको दिनमा दुःख गरेर आज खुशी मिलेको सुनाए । स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनको निर्देशनमा तयार भएको चलचित्रमा राजेश श्रेष्ठ र पुरुषोत्तम प्रधानको छायांकन, हिमाल केसीको एक्सन, बनिश शाहको सम्पादन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *