रहेनन् कला निर्देशक ‘जुङ्गे भट्टराई’

१८ भदौ २०७९ ४:३६

लामो जुङ्गा भएका कारणले गर्दा उद्धवराज भट्टराइले आफ्नो नाम ‘जुङ्गे भट्टराई’ राखेका थिए । फिल्म क्षेत्रमा ५ दशक भन्दा लामो समय बिताएका यीनै कलाकारको निधन भएको छ । उनको आज बिहान चितवनमा निधन भएको हो ।

६६ बर्षको उमेरमा नेपाली चलचित्र क्षेत्रका चर्चित कला निर्देशकको निधन भएको हो । बैतडीबाट काठमाडौं आउँदै गर्दा उनको बस भित्र नै निधन भएको वुझिएको छ ।

३ दशक लामो कला यात्रामा भट्टराइले सय भन्दा बढी फिल्ममा कला निर्देशन गरेका छन् । नेपाली फिल्मका चर्चित नायकहरु राजेश हमाल, भुनव केसी, शिव श्रेष्ठदेखि नयाँ पुस्ताका नायकसम्मले उनीसँग काम गरेका छन् । भट्टराई लामो समयदेखि दम रोगले ग्रसित थिए ।

नेपाली कला क्षेत्रमा उनले गरेको योगदान अविस्मरणीय रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *