सोनम तोप्देनः ‘सम्हालिन्छ कहिले मन’ले जन्माएको स्टार

१८ भदौ २०७९ ४:०७

केही दिन अगाडि मिडियासँग कुरा गर्ने क्रममा नव–नायक सोनम तोप्देनका आँखा रसाएका थिए । उनले, काठमाडौंका हरेक रेष्टुरेन्टमा काम गर्दै गएको विगत संझिएका थिए । उनले, संझिएको विगतले उनीसँगै उनलाई रुचाउनेहरुको पनि मन रुवायो ।

तर, आजका दिनमा सोनमको जीवन फेरिएको छ । शुक्रबार चलचित्र ‘सम्हालिन्छ कहिले मन’ रिलिज भएसँगै उनी अब स्टारको रुपमा परिचित हुन थालेका छन् । चलचित्र हेरेका अधिकांश दर्शक, मिडियाकर्मी, चलचित्रकर्मी सबैले सोनमलाई अबको स्टार भनेका छन् ।

यो चलचित्रको केन्द्रमै सोनम छन् । उनको वरिपरी कथा बग्छ । उनको मुस्कानमा यूवती भुतुक्कै हुन्छन् ।सोनमलाई गायिका आनी छोइङ डोल्माले ‘सितारा’ भनिन् । सोनम नेपाली चलचित्रको आकाशमा उदाएका चम्किला तारा हुन् । चलचित्र विकास बोर्डका अध्यक्ष तथा नायक भुवन केसीले त सोनमलाई अबको स्टार नै भने । मिडियाकर्मीहरुले पनि सोनमलाई अबको स्टार भन्दै प्रशंसा गरिरहेका छन् ।

सोनम यी सबै प्रतिक्रियाबाट उत्साहित छन् । दर्शकको माया पाएको खण्डमा आगामी दिनमा अझै आफूले चलचित्र खेलिरहने उनको भनाई छ । तर, चलचित्रका निर्देशक सुदर्शन थापासँग सल्लाहा गरेर मात्र चलचित्र खेल्ने उनको भनाई छ ।

यो चलचित्रमा सोनमले गज्जबको काम गरेका छन् । उनको अभिनय, उनको नृत्य र उनको प्रस्तुतिले दर्शकलाई बाँधेर राख्छ । सोनम फ्रेममा आउँदा उनीसँगै दर्शक हाँस्छन् अनी उनीसँगै रुन्छन् पनि । कुनै समय कामको अभाव झेलेका सोनमले अब चलचित्र क्षेत्रमा काम नै काम पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *