‘सम्हालिन्छ कहिले मन’ हेरेका दर्शकले भने–‘हामीलाई सिरिज चाहियो’

१७ भदौ २०७९ ७:०४

सुदर्शन थापाको निर्देशनमा तयार भएको चलचित्र ‘सम्हालिन्छ कहिले मन’ आजबाट देशभरका हलमा रिलिज भएको छ । यो चलचित्रलाई बिहानैबाट दर्शकले उच्च साथ दिएका छन् । काठमाडौंका मल्टिप्लेक्समा दर्शकको उपस्थिती बाक्लो छ ।

बिहानै काठमाडौंको बीग मुभिजमा पुगेका अधिकांश दर्शकले यसको कथावस्तु, प्रस्तुति र क्लाइमेक्सले तानेको बताए । चलचित्र हेरेका अधिकांश दर्शकले यसको दोश्रो सिरिज पनि ल्याउनुपर्ने माग गरेका छन् । दर्शकको उच्च माग आएकाले पनि यसको सिरिज बनाउनेतर्फ सोच्ने निर्देशक सुदर्शन थापाले जानकारी दिएका छन् ।

चलचित्र ‘सम्हालिन्छ कहिले मन’ हेरेका दर्शकले तिन जनाको मित्रता, क्लाइमेक्स, गीतसंगीत, छायांकन उत्कृष्ट रहेको बताए ।

नेपाली चलचित्र क्षेत्रमा लभ स्टोरी चलचित्र बनाउन माहिर मानिएका सुदर्शन थापाले यसपटक पनि दर्शकको मन जितेको देखिएको छ । दर्शकले नायिका पूजा शर्माको काम निक्कै मन परेको बताए । यस्तै, नव–नायक सोनम तोप्देनको कामले समेत दर्शकलाई सबैभन्दा बढी प्रभावित बनाएको छ ।

चलचित्रले बिहानी शोमा सुखद व्यापार गरेकाले शनिबार बम्पर व्यापार गर्ने आशा गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *