संघर्ष संझिएर सोनम भक्कानिदा पूजाले सम्हालिन् (भिडियोसहित)

१६ भदौ २०७९ १६:४०

‘मैले रोएर चलचित्र चलाउन लागेको भने होइन है’, आँखाभरी आँशु पार्दै सोनमले भने । भोलीबाट देशभरका हलमा रिलिज हुन लागेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’बाट चलचित्र नगरीमा डेब्यू गर्न लागेका नायक सोनम तोप्देन उत्साहित छन् । तर, उत्साहसँगै उनको मनमा डर पनि छ ।

तर, विगतका दिन संझदा सोनम भक्कानिए । कुनै बेला काठमाडौंका हरेक रेष्टुरेन्ट छिरेर जागिर खोज्दै हिडेका सोनम आज आकाशमा उडिरहेका छन् । सोनमलाई हामीले यही प्रश्न गर्दा उनी भक्कानिएर भने–‘त्यो दिन संझदा त अहिले पनि कहाली लाग्छ । तर, आज पूजा शर्मा जस्तो साथी पाएको छु ।’

सोनम भक्कानिदा नायिका पूजा शर्माले उनलाई अंकमाल गरिन् र आफू साथ नै रहेको आभाष दिलाइन् । सोनमले आफू अब चलचित्र क्षेत्रमा लामो यात्रा गर्न आएको बताए । उनले भने–‘पहिलो चलचित्रमा नै राम्रो टिम पाएको छु । मलाई लामो यात्रा तय गर्नुछ ।’

चलचित्रको गीत र ट्रेलर सार्वजनिक भएसँगै सोनमको कामलाई दर्शकले मन पराएका छन् । चलचित्र रिलिज भएपछि सोनमले नयाँ उचाई छुने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *