शनिबार नेपाल चलचित्र निर्माता संघको नयाँ कार्यसमितीका लागि साधारण सभाको आयोजना हुँदैछ । तर, निर्माता संघमा निर्वाचन अगाडि नै नयाँ कार्यसमिती निर्विरोध विजयी भएको छ । तर, निर्वाचित सबैको नाम साधारण सभापछि मात्र घोषणा गरिनेछ ।
आकाश अधिकारीको अध्यक्षतामा ५ बर्ष लामो कार्यसमितीले भदौ १८ गतेबाट विश्राम लिनेछ । यसपछि, नेपाल चलचित्र निर्माता संघमा नवल खड्का नेतृत्वको नयाँ कार्यसमिती आउनेछ । यस्तै, उपाध्यक्षमा उदय सुब्बा र दीपेन्द्र के खनाल, महासचिवमा सुनिलकुमार थापा, सचिवमा किशान पोखरेल, कोषाध्यक्षमा ज्योतिराज राई निर्विरोध भएका छन् ।
सदस्यहरुमा माओत्से गुरुङ, ज्ञानेन्द्र देउजा, खगेन्द्र प्रसाद लामिछाने, रामबाबु गुरुङ, किरण नेपाली र शेखर लामा निर्विरोध निर्वाचित भएका छन् । निर्माता संघमा यसपटक पनि सहमतीमै नयाँ कार्यसमिती चयन गरिएको हो ।