‘के घर के डेरा’को पोष्टरले भन्न खोजेको के हो ?

१६ भदौ २०७९ १३:५४

कार्तिकको ४ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘के घर के डेरा’को फस्टलुक आज सार्वजनिक गरिएको छ । दीपेन्द्र के खनाल निर्देशित चलचित्रको पोष्टरमा मुख्य कलाकारहरु दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त र रविन्द्र झालाई समावेश गरिएको छ ।

चलचित्रको पोष्टर भिन्न छ । यसले, कथावस्तुप्रति दर्शकको उत्सुकता बढाउन सक्छ । महेश दवाडीको पटकथा तथा संवाद रहेको चलचित्रमा लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी, कोशिश क्षेत्री, आयुषी ढकालको मुख्य भूमिका छ ।

ए प्लस इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा सिंगे लामाको कथा, शंकर थापा र कोशिश क्षेत्रीको संगीत, दिर्घ गुरुङको छायांकन, दिर्घ खड्काको सम्पादन छ । चलचित्रमा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जनको लगानी छ भने यूवराज कार्की चलचित्रका कार्यकारी निर्माता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *