पूजा, आकाश र सोनमले गरे हेलिकप्टरबाट फिल्मको प्रचार(भिडियो)

१६ भदौ २०७९ १३:२०

भोली शुक्रबारदेखि देशभरका हलमा रिलिज हुन लागेको नेपाली चलचित्र ‘सम्हालिन्छ कहिले मन’को यूनिक तरिकाले प्रचार गरिएको छ । नेपाली चलचित्रको इतिहासमा नै पहिलो पटक पोष्टर टाँसेर चलचित्रको प्रचार गरिएको हो । त्रिभुवन विमानस्थलबाट नायिका पूजा शर्मा, नायकद्धय आकाश श्रेष्ठ र सोनम तोप्देनलाई लिएर उडेको हेलिकप्टर बौद्ध स्तुपा, पशुपति मन्दिर र स्वयंम्भु परिक्रमा गर्दै चोभार पुगेको थियो । चोभारमा आयोजित पत्रकार सम्मेलनमा कलाकारहरुले मिडियासँग यूनिक प्रचारको बारेमा कुरा गरे ।

विशेषगरि, नायिका पूजा शर्माले आकाशबाट काठमाडौंका सबै भगवान्हरुलाई मनदेखि संझदै पूजा गरेको बताइन् । उनले, चोभार नेपाली चलचित्रको लागि एउटा ऐतिहासिक ठाउँ पनि भएकाले आफूहरुले यो ठाउँमा पत्रकार सम्मेलन आयोजना गरेको बताइन् ।

नायक आकश श्रेष्ठले चलचित्रको प्रचारका लागि आफूहरु उचाईमा उडे जस्तै चलचित्रले पनि व्यापारको नयाँ उचाई कायम गर्ने बताए । नायक सोनम तोप्देनले भने आफू भाग्यमानी रहेको बताए । पहिलो चलचित्रमा नै यती धेरै माया पाएको भन्दै सोनमले उत्साहित भएको बताए ।‘सम्हालिन्छ कहिले मन’लाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । यो चलचित्रलाई एबी प्रोडक्शनले निर्माण गरेको हो ।

चलचित्रको प्रचारका लागि हेलिकप्टर प्रयोग गर्नुबारे पूजाले भनिन्–‘मलाई उचाईबाट मनदेखि सबै भगवान्को पूजा गर्न मन थियो । यसैले, पनि हामीले आज हेलिकप्टरबाट मनले पुज्ने भगवान्को चरणमा फन्को लगाएका हौं ।’

चलचित्रको बुकिङ सुखद देखिएको छ । नेपाली चलचित्रको बुकिङ अझै सिधै शुक्रबार नै बढी हुने भएकाले पनि चलचित्रले इनिसियल व्यापार सुखद गर्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *