‘प्रेमगीत ३’ को हिन्दी ट्रेलर कस्तो छ ?

१६ भदौ २०७९ ७:२२

असोजको ७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘प्रेमगीत ३’को हिन्दी ट्रेलर सार्वजनिक भएको छ । जी म्यूजिक कम्पनीबाट सार्वजनिक भएको ट्रेलरमा यसअघि सार्वजनिक भएको २ टिजरमा समावेश अधिकांश दृश्य छन् । चलचित्रको ट्रेलर कथावस्तु भने खुलाउने प्रयास गरेको छ ।

सन्तोष सेन र छेतन गुरुङको निर्देशनमा बनेको यो चलचित्रमा नायक प्रदीप खड्का र नायिका कृष्टिना गुरुङको प्रेमकथा, राज्य सत्तालाई देखाइएको छ । शिव श्रेष्ठ, मनिष राउत, सुनिल थापा लगायतका कलाकारको समेत अभिनय रहेको चलचित्रको सेटिङ मुस्ताङमा गरिएको हो ।

यो चलचित्रलाई नेपाली र हिन्दी भाषामा रिलिज गर्न लागिएको छ । यसका लागि चलचित्रका नायक र निर्देशक भारतमा छन् ।

चलचित्रको ट्रेलरमा प्रेम र राज्य सत्तामध्ये कुनलाई रोज्ने भन्ने दुविधामा प्रेम पुगेको देखाइएको छ । राजेश श्रेष्ठले खिचेका दृश्यले भने दर्शकको ध्यान तान्न सक्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *