किन फिल्मका कार्यक्रममा धमाधम पुग्दैछिन् गरिमा शर्मा ?(भिडियोसहित)

१६ भदौ २०७९ ६:१७

मोडल गरिमा शर्मा अब नायिका बन्ने दौडमा छिन् । उनले अभिनय गरेको चलचित्र ‘लण्डन टू पेरिस’ छायांकनको चरणमा छ । गरिमा शर्माले म्युजिक भिडियोबाट राम्रै चर्चा कमाइन् । टिकटकको दुनियाँबाट उदाएकी उनी म्युजिक भिडियोबाट चलचित्रको यात्रा तय गर्ने तयारीमा लागेकी हुन् ।

यसैले, गरिमाको उपस्थिती पछिल्लो समयमा चलचित्रका कार्यक्रममा बाक्लिन थालेको छ । मोडलबाट नायिका बन्ने क्रममा रहेकाले पनि उनी चलचित्रकर्मीसँग सुमधुर सम्बन्ध स्थापित गर्न चाहन्छिन् । यहीकारणले पनि उनको उपस्थिती चलचित्रको कार्यक्रममा बाक्लिएको हो ।

गरिमाले लण्डनबाट फर्किएपछि ‘प्रेमगञ्ज र झिँगे दाउ’को प्रिमियरमा आफूलाई उपस्थित गराइसकेकी छिन् । उनी, चलचित्र क्षेत्रमा स्थापित नायिकादेखि कलाकार, चलचित्रकर्मीसँग बलियो सम्बन्ध स्थापित गर्ने धुनमा लागेको देखिन्छ ।

बुधबार पनि गरिमा चलचित्र ‘झिँगे दाउ’को प्रिमियरमा पुगिन् । उनी, चलचित्रका मुख्य २ नायिका केकी अधिकारी र आँचल शर्मासँग नजिक देखिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *