‘झिँगे दाउ’को प्रिमियरमा एउटा प्रश्नले तर्सिए दीपकराज

१६ भदौ २०७९ ६:०८

कलाकार तथा निर्माता दीपकराज गिरी बुधबार बेलुकी चलचित्र ‘झिँगे दाउ’को प्रिमियरमा पुगे । अरु बेलामा चलचित्र हेरेपछि केही पनि नबोली हिड्ने दीपकले यसपटक आफै मिडिया खोजे र प्रतिक्रिया दिए ।

उनले चलचित्र राम्रो बनेकाले आफै मिडिया खोज्दै आएको समेत बताए । तर, चलचित्रको बारेमा बोलिसकेपछि दीपकलाई एउटा प्रश्नले भने तर्सायो । उनलाई पत्रकारले नेपाली चलचित्रलाई हलहरुले गर्ने गरेको शो वितरणको बारेमा सोधेका थिए ।

शो बिषयमा दीपकले मुख नै फोर्न चाहेनन् । उनले भने–‘भो भो यो बिषयमा नबोलौं । बिबादमा पर्ने काम नगरौं ।’

दीपक बिबादमा परिन्छ भन्दै त्यहाँबाट हिडे । दीपकले हलले नेपाली चलचित्रलाई गर्ने गरेको पक्षपातको बिषयमा खुबै बोल्दै आएका थिए । तर, यसपटक भने उनी आफै यो बिषयमा बोल्न चाहेनन् । दीपकको नयाँ चलचित्र ‘छक्का पन्जा ४’ छायांकनमा नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *