‘झिङ्गे दाउ’को प्रिमियरमा रोइरहेकी हिउँवाला, मुस्कुराएका केकी र आँचल

१५ भदौ २०७९ १७:०३

चलचित्र ‘झिङ्गे दाउ’ शुक्रबारबाट रिलिज हुँदैछ । यो चलचित्रको आज काठमाडौंमा प्रिमियर शोको आयोजना गरिएको छ । चलचित्रको प्रिमियर शोमा नेपाली चलचित्र क्षेत्रमा पुराना तथा नयाँ चलचित्रकर्मी उपस्थित भए । प्रिमियरमा मुख्य नायिकाहरु आँचल शर्मा र केकी अधिकारी आकर्षक भएर पुगेका थिए । अझ, आँचलको पहिरनले सबैलाई लोभ्याएको थियो ।

तर, चलचित्र हेरेर फर्किदै गर्दा मुख्य कलाकार हिउँवाला गौतम भने रोइरहेकी थिइन् । उनको आँशु लामो समयसम्म रोकिएन । चलचित्रमा आमाको भूमिकामा अभिनय गरेकी गौतमलाई आफ्नै पात्र र कथाले छोएको थियो । यसैले, उनका आँखामा लामो समय आँशु देखियो ।

तर, चलचित्र हेरिसकेपछि पाएको प्रतिक्रियाले नायिकाद्धय केकी अधिकारी र आँचल शर्मा निक्कै खुशी देखिए । लभ स्टोरी चलचित्रमा देखिइरहेकी आँचल यो चलचित्रमा देउरानीको भूमिकामा छिन् । यसैले, पनि भिन्न भूमिकालाई न्याय गर्न कत्तीको सकेँ होला भन्ने कौतुहलताले आँचललाई सताएको थियो ।

निर्देशक ज्ञानेन्द्र देउजाले एउटा पूर्ण मनोरञ्जनको प्याकेज बनाएको बताए । चलचित्र हेरेका अधिकांश चलचित्रकर्मीले गाउँको आफ्नोपन बोकेको कथा हेर्न चाहनेका लागि यो चलचित्र उत्कृष्ट हुने बताए । वास्तविक अर्गानिक कथाको रुपमा अधिकांशले यो चलचित्रलाई चित्रित गरेका छन् ।

मुकुन भुषाल, कुशल बिष्ट, संगम भण्डारीको समेत अभिनय रहेको चलचित्रले आमा र छोराविचको सम्बन्धको कथा भन्छ । पाका निर्देशक देउजाको यो चलचित्र हेरेर फर्किदै गर्दा धेरैका आँखा रसाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर