तीजमा चितवनका दर्शकसँगै नाँचे पूजा, आकाश र सोनम

१५ भदौ २०७९ ४:५७

शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’का मुख्य तिन कलाकार पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देन हरितालिका तीजको अवसरमा मंगलबार चितवन पुगेका छन् । चितवनको खैरेनी र टाँडीमा आयोजना भएको २ छुट्टै तीज कार्यक्रममा उनीहरु सयौं दर्शकबाट उपस्थित भए ।

तीन कलाकारलाई भेट्न दर्शकले चितवनको गर्मीमा पनि लामो समयदेखि प्रतिक्षा गरेका थिए । ग्रेट टीभीले आयोजना गरेको कार्यक्रममा खैरेनी पुगेका तीन कलाकारले दर्शकलाई चलचित्रको बिषयमा जानकारी गराएका थिए ।
एउटा उत्कृष्ट लभ स्टोरी कथामा चलचित्र बनेको भन्दै उनीहरुले दर्शकको माया पाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नायक सोनम तोप्देनले आफूले गाएको हिट गीत ‘तिम्रो घरको वरिपरी’ गाएका थिए । यस्तै, उनले चलचित्र ‘सम्हालिन्छ कहिले मन’को गीत समेत गाएर दर्शकलाई मनोरञ्जन दिएका थिए । चितवनका दर्शकले आफूहरु ‘सम्हालिन्छ कहिले मन’ हेर्न उत्साहित भएको प्रतिक्रिया कलाकारलाई दिएका थिए ।

सुदर्शन थापा निर्देशित चलचित्रले त्रिकोणात्मक प्रेमकथा भन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *